मार्गको एक म

२८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हालै मध्यपहाडी लोकमार्गको एक महिने यात्रा पूरा गरे । यो यात्रा उनका लागि पृथक र रोचक रह्यो । भट्टराईको यात्राका राजनीतिक गतिविधिहरु त समाचारमा आइरहेकै छन् । तर, हामीसँग कुराकानीमा उनले केही निजी र अनौपचारिक अनुभूतिहरु पनि सेयर गरेका छन् । व्यक्तिगत स्वास्थ्यको कुरो गर्दा डा. भट्टराईले आफ्नो यात्राका क्रममा एकपटक पनि हाछ्युँ नआएको बताए । तर, देशको कुरा गर्ने हो भने गाउँले जनताको जनजीवनमा २०/२५ वर्षयता कुनै सुधार नदेखेको डा. भट्टराईले अनुभव सुनाए । मान्छे र सुँगुर एकै ठाउँ सुतिरहेको देख्दा आँशु आएको डा. भट्टराईले सुनाए ।

हाम्रो बारेमा

  • सम्पर्क